काठमाडौं : काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उलंघन गर्ने २५ सयभन्दा बढी चालक कारबाहीमा परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एकै दिनको अवधिमा २५ सय ६५ जना चालक कारबाहीमा परेका हुन्।
फुटपाथमा पार्किङ गर्ने २ सय ३९, लेन मिचेर चलाउने १ सय ६३, मादक पदार्थ सेवन गरी चलाउने ८१, जेब्राक्रसमा रोक्ने ४७, अनावश्यक अवस्थामा पनि हर्न बजाउने ६२ जनालगायतलाई कारबाही गरिएको महाशाखाले जानकारी दिएको छ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३० वटा सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी १ जनाको मृत्यु र ३० जना सामान्य घाइने भएका छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।