राजनीति

सैनिक हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

फागुन ५, २०७६

    दार्चुला : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन्। आज विहान सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री  पोखरेल सोमबार बिहान त्यसतर्फ उडेका हुन्।  

    ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न  मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

    हिजो दार्चुला आइपुगेका मन्त्री पोरखेलले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण  गरे।  भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ। उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ। 

    उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गरेका  पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए। तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला आएका थिए। सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता  बढाइएको छ। 

    पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो। दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य शुरु भएको छ। अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]