राजनीति

२५ हजार धरौटी बुझाउन नसक्दा माइला लामा जेल चलान

फागुन ७, २०७६

    काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन्। 

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

    हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि पुनः जेल गएका हुन् ।

    सरकारले प्रतिबन्धित घोषणा गरेर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्‍न मुद्दामा पक्राउ गरिरहेको छ।

    एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो। तर उनलाई अर्को मुद्दामा अदालत परिसरबाटै पक्राउ गरि सुनसरी लगिएको थियो । सुनसरीबाटसमेत रिहा भएका लामालाई अदालतबाटै पक्राउ गरि संखुवासभा लगेर अर्को मुद्दा चलाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]