‘टिकटकमा त ४ ओटा भिडियो पनि जोड्न मिल्छ नि’

|

काठमाडौँः सेक्युरिटी प्रिन्टर खरिदमा करोडौं कमिशन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफू डराएर नहिँड्ने बताएका छन्। उनले अडियो सार्वजनिक भएकै भरमा डराएर हिँड्नुपर्ने अवस्था नरहेको अडान व्यक्त गरेका छन्। 

बिहीबार कञ्चनपुरको एक कार्यक्रममा बोल्दै १२ अर्बबाट घटेर करोडमा ल्याएछन् भन्दै त्यसबिषयमा चिन्ता गर्नुको आवश्यक नभएको बताएका हुन्। 

‘पहिले १२ अर्ब खाएको भने, त्यसपछि ७ अर्ब, हिजो फेरि करोडमा निकालेछन्’ उनले भने, ‘त्यसबारेमा किन चिन्ता लिनु ?’ 

आफुले गल्ती नगरेकाले खट्टा कमाउनु नपरेको र नपर्ने उनले बताएका छन्। ‘भिडियोमा अहिलेको प्रवृत्तिको कुरा गरेका छन्, टिकटकबाट ४ ओटा भिडियो जोड्न मिल्छ’, उनले भने। 

नेकपाको खास अभियान भ्रष्टाचार अन्त्य गर्नुपर्ने भएकाले त्यसका जो कोही भए पनि पर्ने उनले बताए। खाएको बिष मात्रै लाग्ने भएकाले नखाएको विषदेखि कसैले डराउनु नपर्ने उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.