समाज : सुरक्षा/अपराध

दुई लाख घूससहित सुर्खेतबाट प्राविधिक पक्राउ

फाइल तस्बिर
फागुन ८, २०७६

    सुर्खेत : सुर्खेतमा घूसको रकमसहित एक प्राविधिकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुई लाख घुसको रकमसहित आख्तियारको टोलीले पक्राउ गरेको हो।

    सुर्खेतबाट खटिएको अख्तियारको टोलीले कार्यालय समयपछि केसीलाई रंगेहात पक्रेको हो। केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले भेरीगंगाको मदाने चौरबाट पक्राउ गरेको अख्तियार कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।

    यसबारे थप जानकारी आउन बाँकी रहेको सापकोटाको भनाइ छ। केसीले निर्माण सम्पन्न भइसकेको बराह झोलुंगे पुलको काम सकिएपछि भुक्तानी मिलाइदिएबापत भनेर घुस मागेको आयोगले जनाएको  छ।

धर्मराज जिसी

जिसी थाहा खबरका सुर्खेत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]