|

जुम्ला : सरकारले गरिरहेको छाउपडी प्रथा उन्मुलनको अभियानलाई सघाउ पुर्‍याउन जुम्लामा छाउपडी प्रथाविरुद्ध महायज्ञ गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार शिवरात्रिको अवसरमारमा छाउपडी प्रथाविरुद्ध महायज्ञ गरेको हो। प्रशासनले यसअघि गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन तथा आठवटै स्थानीय तहमा सद्भावना दुत नियुक्त गरेको थियो। 

जुम्लामा छाउपडी प्रथालगायत विभिन्न कुरीति अन्त्यका महायज्ञ गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। ‘छाउपडी प्रथा उन्मुलनका लागि सरकारले सञ्चालन गरेको अभियानलाई जुम्लामा नमुना कार्य स्वरुप महायज्ञ लगाइएको छ,’ प्रजिअ बञ्जाडेले भनिन्, ‘सधै धार्मिक कामका लागि मात्रै लगाइने महायज्ञ यसपटक  छाउपडी प्रथा, घरेलु हिंसा, बालविवाहलगायत अन्धविश्वासविरुद्ध महायज्ञ गरिएको छ।’

छाउपडी प्रथाविरुद्ध बाजागाजासहितको र्‍यालीले बजार परिक्रम गरी टुँडिखेलमा धामी झाँक्री, पुरोहित, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवीलगायतको उपस्थितिमा छाउपडीविरुद्ध महायज्ञ लगाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.