बाँके : नमस्ते बचत तथा ऋण सहकार संस्था लिमिटेडको पहिलो शेयर सदस्य मैत्रीपूर्ण फुटसल प्रतियोगिताअन्तर्गत शनिबार विहान भएको खेलमा आयोजक टिम विजयी भएको छ।
कुल १५ वटा टिमले भाग लिएको प्रतियोगिताको उद्घाटन अघि नमस्तेका संचालक र पत्रकारबीच भएको मैत्रीपूर्ण खेलमा नमस्तेको टिम ८-४ गोल अन्तरले विजयी भएको हो। पत्रकारको टिमले शुरुवाती अग्रता लिए पनि पछि लय बिगार्दा नमस्तेले पत्रकार टिमको गोल पोष्टमा गोलको वर्षा नै गर्यो। पत्रकारको तर्फबाट कुमार श्रेष्ठले तीन र सौरभ गिरीले एक गोल गरे।
खेल स्वास्थ्यका लागि, खेल मनोरञ्जनका लागि र खेल आत्मियताका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटसल प्रतियोगितामा बागेश्वरी, मनकामना, बंगलामुखी, गढमाई, जनउत्थान, स्वयम्भु, बुढानिलकण्ठ, पशुपतिनाथ, स्वर्गद्वारी, विन्धवासनी, बुढासुब्बा, देउतीबज्यै, मुक्तिनाथ, पाथीभरा र नमस्ते सहकारीले भाग लिएको आयोजकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।