|
फाइल तस्बिर

डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस संक्रमितको आइतबार मृत्यु भएको छ।

योसँगै कोरोना भाइरस संक्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या चार पुगेको छ। उक्त जहाजमा आएका र कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई अन्य वृद्धको बिहीबार मृत्यु भएको थियो।

पानी जहाजमा जापानी सहर योकोहामा पुगेका ८० वसन्त पार गरेका एक जापानीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जापानी स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ। उनी कोरोना भाइरसको संक्रमणभन्दा पहिले अन्य रोगबाट समेत विरामी रहेका बताइएको छ। ती वयोवृद्ध व्यक्तिलाई संक्रमणको पुष्टिपछि स्थानीय एक अस्पतालमा छुट्टै राखी उपचार भइरहेको थियो।

मन्त्रालयले ती तीनैजनाको मृत्युको कारण निमोनिया भएको बताएको छ तर ती तीनै जनामा कोरोना भाइरसको संक्रमण भने यस अघि नै पुष्टि भइसकेको थियो।

डायमण्ड प्रिन्सेसमा आएका ती यात्रुमध्ये ६०० जनाभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको र दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। एशियाली उक्त मुलुकमा कूल ८०० व्यक्तिभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.