|

धरान : नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई मनाङले ३-१ गोलले हराउँदै मनाङले उपाधि आफ्नो पोल्टामा ल्याएको हो।

धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक/एक गोल गरे। पुलिसका लागि भने कप्तान भोला सिलवालले एक गोल फर्काए। मनाङले खेलको दसौं मिनेटमा दयानन्दको गोलमा सुरुआती अग्रता बनाएको थियो।

दयानन्दले पहिलो हाफ टाइमभरि १-० गोलको अग्रता दिलाए। खेलको पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक रहेको थियो। यस्तै खेलको ५० औं मिनेटमा विशाल लिम्बूले गोल गर्दै मनाङलाई अग्रता दिलाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.