जोरपाटीचोकको सानो बजार र पसल पनि हटाइयो

|
फाइल तस्बिर

काठमाडौं : जोरपाटी–सुन्दरीजल सडक खण्डको ६० प्रतिशत सडक रेखांकनकोे काम सकिएको छ। सडक चौडा गर्नका लागि गोकर्णेश्वर नगरपालिकाले मंसिर महिनाबाट घर टहरा हटाउने,घरको पेटी भत्काउने काम थालेको थियो।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता  मनोज ढुंगानाले जोरपाटी–सुन्दरीजल सडक निर्माणका लागि ६० प्रतिशत सडक रेखांकनको काम सकिएको बताए। ‘सडक रेखांकनको काम ६० प्रतिशत सकिसकेको छ,’उनले भने,‘अहिले पनि निरन्तर काम भइरहेको छ। छिट्टै रेखांकनको कामसकेपछि बाटो विस्तारको काम अघि बढाउँछौँ।’

उनका अनुसार गोकर्णेश्वर नगरपालिकाको ४ वडा क्षेत्रमा सडक रेखांकनको काम अन्तिम चरणमा पुगेको छ। जोरपाटी चोकदेखि शिवपुरी-गोकर्णसम्म मात्रै काम बाँकी रहेको छ। 

भौतिक पूर्वाधार तथा यायातायात मन्त्रालय र गोकर्णेश्वर नगरपालिकासँग भएको सम्झौताअनुसार ७ किमि सडक निर्माणका लागि सार्वजनिक जग्गा भएकोमा २२ मिटर चौडा सडक गर्ने र व्यक्तिगत जग्गा भएको ठाउँमा भने १४ मिटर सडक चौडा गर्नुपर्नेछ।

चोकको सानो बजार,पसल र टहरा हटाइयो

पसल व्यवसायीहरुले जोरपाटी चोकको सानोबजार पसलको टहरा हटाएका छन्। सडक निर्माणका लागि २२ मिटर चौडाभित्र पर्ने टहरा उनीहरुले हटाएका हुन्। अहिले पनि पसल व्यवसायीहरुले आफ्नो पसलका टहरा हटाउँदै आएका छन।

जोरपाटी–सुन्दरीजल सडक निर्माणको क्रममा पसलले बाधा पुर्‍याएको भन्दै गोकर्णेश्वर नगरपालिकाले फागुन २ गते सात दिनभित्रमा पसल हटाउन व्यवसायीलाई निर्देशन दिएको थियो। 

२८ वर्षदेखि व्यवसायीले सार्वजनिक जग्गालाई कब्जा गरेर पसल सञ्चालन गर्दे आएपनि नगरपालिकाले अझै पूरा  पसल हटाउन सकेको छैन। नगरपालिकाका प्रवक्ता ढुंगानाले चोकमा सञ्चालित सबै पसल हटाउने बताए। ‘अहिले २२ मिटर चौडाभित्र पर्ने पसलका टहरा हटाउँदै आएका छौँ,’उनले भने,‘सबै पसल हटाइन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.