|

डोल्पा : मुड्केचुला गाउँपालिका–५ मा रहेको डाँफे आधारभुत विद्यालयले आयोजना गरेको भर्ना अभियानको र्‍यालीमा सहभागी हुँदा लडेर एक विद्यार्थीको हातको हड्डी फुटेको छ।

र्‍यालीमा हिँड्दा लडेर ६ वर्षीय अंगत बोहोराको दायाँ हातको हड्डी फुटेको हो। उनलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पुर्‍याइए पनि चिकित्सकले त्यहाँ उपचार सम्भब नहुने बताएपछि नेपालगञ्ज लगिएको छ।

आर्थिक अवस्था कमजोर रहेको अंगतलाई ऋण काढेर नेपालगञ्ज लगिएको तर त्यसले पनि अपुग भएकाले अप्रेसन गर्न नसकिएको आफन्त विवस बुढाले बताए। ‘हातको अप्रेसन नै गर्नुपर्छ भनेका छन्,’ बुढाले भने, ‘धरौटी राख्ने साठी हजार रुपैयाँ नभएकाले उपचार हुन सकेको छैन।’

विद्यालयको कार्यक्रममा लडेकाले ती विद्यार्थीको उपचारको जिम्मा विद्यालयले नै लिनुपर्ने बुढाको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.