|

दैलेख : जिल्ला अदालत दैलेखले श्रीमतीको हत्या गरेको कसुरमा एकजनालाई २० वर्ष कैद फैसला सुनाएको छ। 

जिल्ला अदालत दैलेखले सुर्खेतको लेकवेंसी नगरपालिका–८ का ३० वर्षीय नवलसिंह विरकट्टालाई २० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिी तिर्नुपर्ने फैसला सुनाएको हो। उनले २३ वर्षीया रत्ना रावतको गरेका थिए।

न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गत बिहीबार फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए। चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा रहेको माइतीघर आएकी रत्नालाई गत जेठ ९ मा नवलसिंहले हत्या गरेको अनुसन्धान खुलेको अदालतको फैसलामा उल्लेख छ।

२०७६ जेठ ११ मा रत्नाका दाइ पूर्णबहादुर रावतले नवलसिंहविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीको आधारमा उनलाई प्रहरीले भारतको सिमलाबाट भारतीय प्रहरीको सहयोगमा गत असार ३ मा पक्राउ गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.