|

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको छ। बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो।

समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासीय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको बताए। समिति सदस्यहरूलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उनले बताए।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफरिस भएको थियो। समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.