|

लखनउ : क्यानाडाबाट लखनउ आएकी एक महिला डाक्टरलाई कोरोना भाइरस संक्रमण भएको छ। नेपालसँग जोडिएको लखनउमा आइपुगेकी एक जना डाक्टरमा कोरोनाका लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ।

कोरोनाको लक्षण देखिएपछि क्यानाडाकी ती महिला डाक्टरलाई किङ जर्ज मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको हो। उक्त मेडिकल युनिभर्सिटीको आईसीयू कक्षमा राखेर ती महिलाको उपचार भइरहेको स्थानीय अनलाइन अमर उजालाले उल्लेख गरेको छ।

अर्कातिर डाक्टरका नातेदार र साथीहरुलाई पनि निगरामी राखिएको बताइएको छ। उपचारमा जुटेका स्वास्थ्यकर्मीहरुलाई पनि उच्च सतर्क अवस्थामा रहन भनिएको छ।

क्यानाडाको टोरन्टो शहरमा बस्दै आएकी महिला डाक्टर आइतवार उत्तर प्रदेशको राजधानी लखनउ आएकी थिइन्। मंगलवार उनलाई उच्च ज्वरो आएको थियो।

बुधवार उनी अस्पताल पुगेकी थिइन्। समाचार अनुसार बुधबार राति आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि उनलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको छ। 

तर उत्तर प्रदेश सरकारले यसबारेमा औपचारिक रुपमा बताउन इन्कार गरेको छ। केजीएमयु प्रशासनले पनि यसबारे मुख खोल्न मानेको छैन।  स्वास्थ्य विभागका संयुक्त निर्देशक डा विकासन्दु अग्रवालले बिरामीको बारेमा विवरण संकलन भइरहेको बताएका छन्।

उपचार गराइरहेको अस्पतालको मेडिसिन विभागका प्राध्यापक डा. डी. हिमांशुले ती महिलाका पतिको पनि जाँच भइरहेको बताए। तर उनमा कोरोना संक्रमण भेटिएको छैन। बिरामी महिला र उनका पतिलाई अलग अलग रुममा राखेर उपचार भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.