|

सर्लाही : पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा शनिवार मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्करदिँदा पहिचान नखुलेको अन्दाजी ५०/५५ बर्षको मानिसको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए।

सडकमा हिडिरहेका बेला ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक उपाध्यायले बताए। 

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव हरिवनस्थित नमुना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.