मोबाइल एम्बुलेन्ससहित १९ प्रकारका सामान आउँदै

|

काठमाडौं : चीन सरकारले दिने भनिएका १९ थरी स्वास्थ्य सामग्री ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा जहाज ग्वान्जाओका लागि उडेको छ। शनिबार मध्यान १२ बजेर ३१ मिनेटमा नेपाल वायुसेवाको जहाज आरए ४१७१ ग्वान्जाओतर्फ उडेको हो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री बोकेको जहाज आइतवार सबेरै बिहान १ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ। 

कोरोनाको संकट : जहाज चार्टर्ड गरेर तीन दिनभित्र ल्याइँदै स्वास्थ्य सामग्री

चीनबाट मेडिकल सामग्री ल्याउन जहाज पठाइँदै

सहयोग सामग्री बोकेर नेपाल आउँदै चिनियाँ विमान

स्वास्थ्य मन्त्रालयले गरेको अर्डर अनुसारका १९ प्रकारका स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन गएको हो। नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपाल सरकारले चीन र भारत दुवै देशसँग स्वास्थ्य सामाग्री माग गरेको थियो। 

यस्तोमा चीनबाटै पहिले स्वास्थ्य सामग्री काठमाडौं आइपुग्ने भएको हो। नेपालले चीनसँग १९ थरी र भारतसँग १६ थरी स्वास्थ्य सामग्री मागेको थियो। अर्कातिर एक चिनियाँ कम्पनीले दिएका चिकित्सकका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहितका अत्यावश्यक किट्सहरु रसुवागढी नाका हुँदै आइतवार नैं काठमाडौं आइपुग्दैछन्। 

के के आउँदैछन्? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अघिल्लो सोमबारको मन्त्रीस्तरीय निर्णयानुसार चीनबाट स्वास्थ्य सुविधासहितका पाँचवटा मोबाइल एम्बुलेन्स आउँदैछन्।

त्यसैगरी पोर्टेबल भेन्टिलेर सयवटा, अक्सिजन प्लान्ट एक सयवटा, एन९५ मास्क डेढ लाखवटा, सर्जिकल मास्क दुई लाखवटासहित १९ प्रकारका सामग्री चीनबाट आउँदैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.