स्वास्थ्य

व्यक्तिगतस्तरबाट स्वास्थ्य मन्त्रालयलाई ४० सेट पिपिई उपलब्ध

चैत १५, २०७६

    काठमाडौंः कोरोना भाइरस (कोभिड –१९) जाँच गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) को अभाव भईरहँदा व्यक्तिगतस्तरबाट सरकारलाई सहयोग हुन थालेको छ। 

    इन्ट्रिग्रेटेड ग्रुप नेपालका कार्यकारी अध्यक्ष, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका भरत पराजुलीले शनिबार स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद व्यबस्थापन ईकाईलाई ४० सेट पिपिई हस्तान्तरण गरेका हुन्। 

    हरेक पिपिई सेटमा ‘एन–९५’ माक्स, चस्मा, पञ्जा, हेलमेट, शरिमा लाउने कपडा, जुुत्ता, स्यानीटाईजर, जुत्ता कभर सहित ८ प्रकारका स्वास्थ्य सामग्री रहेका छन्। हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपका रहेका छन्। 

    पराजुलीले सबै सामाग्री नेपालकै बजारबाट किनेको जानकारी दिए। ‘१ सेट पिपिईको मुल्य अभिवृद्धिकर भ्याट बाहेक ८५०० पर्यो, पराजुलीले भने, कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस भनेर आफुले सकेको सहयोग गरेको हुुँ’ उनले भने। 

    उनले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका विचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे।  नेपाली नागरिकको दायित्व निर्वाह गरेको उनको भनाई छ। 

    पिपिई सेट बुुझेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोसन पोखरेलले अहिलेको आवश्यकता नै पिपिई भएको प्रष्टाए। सेटले ज्वरो क्लिनीक, आईसोलेसनमा भएका विरामी हेर्न डाक्टर, नर्स र अरु मानिसलाई पनि काम गर्न सजिलो हुने डा.पोखरेलको भनाई छ।

    पिपिई सेट प्रमुख विशेषज्ञ डाक्टर पोखरेल र मन्त्रालयका नीति तथा योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]