डडेल्धुरा : अमरगढी नगरपालिकामा निर्माणाधीन सेफ्टिक ट्याङ्कमा डुबेर एक बालकको मृत्यु भएको छ। अमरगढी–४ को काजीधाराका दीपक भट्टका पाँच वर्षीय छोरा रिदमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।
आफ्नै घरपछाडि रहेको छिमेकीको निर्माणाधीन सेप्टिक टेंकमा जमेको पानीमा डुबेर रिदमको मृत्यु भएको हो। उनलाई मृत्यु भइसकेको अवस्थामा मात्र फेला परिएको परिवार स्रोतले बताएको छ।
सोमबार बिहानको खाना खाएपछि करिब ११ बजेदेखि हराएका बालकको घरपरिवारले विभिन्न स्थानमा खोजी गरेका र दिउँसो साढे ३ बजे मात्र सेप्टिक टेंकमा मृत अवस्थामा फेला परेका थिए।
मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल राखिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्योपानेले जानकारी दिए। मृतक बालक डडेल्धुरा सदरमुकामस्थित क्याम्ब्रिज पब्लिक स्कुलमा नर्सरीमा अध्ययनरत छात्र हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।