|

सल्यान : दुई सातादेखि हराइरहेका जाजरकोटका एक जना सल्यानमा मृत भेटिएका छन्‌।

जाजरकोट जुनिचाँदे गाउँपालिका ८ का २३ वर्षीय धन बहादुर रावतको शव सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ साङटाखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। 

वनगाड कुपिण्डे नगरपालिका १ बुरेलीमा केही महिनादेखि मजदुरी गर्दै आइरहेका रावत गत चैत ९ गतेदेखि हराएका थिए। परिवारले हराएको सूचना दिएपछि खोजीमा जुटेको प्रहरीले उनको शव सोमबार सडेको अवस्थामा फेला पारेको हो।

आफन्तले कपडाको आधारमा रावलको शव पहिचान गरेको र पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.