|

धनकुटा : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको नाममा स्थापित सूर्यबहादुर थापा प्रतिष्ठानले धनकुटाका विभिन्न विभिन्न स्वास्थ्य संस्थाका साथै संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।

प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री सुनिलबहादुर थापाले मंगलबार हेलिकोप्टरबाट स्वास्थ्य सामग्री ल्याएर वितरण गरेका थिए। प्रतिष्ठानले आइसोलेसन एण्ड क्वारेन्टाइन धनकुटा औद्योगिक ग्राम, धनकुटा अस्पताललगायत ११ वटा स्वास्थ्य संस्थाका लागि   ७४ थान पिपिई, एम्बुलेन्स चालकका लागि २२ सेट पञ्जा, सेनिटाइजर ३० बोतल, हेण्डवास ७२ थान, साबुन, मास्कलगायत विभिन्न समाग्रीहरु प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिए।

प्रतिष्ठानका अध्यक्ष थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुरका छोरा हुन्। धनकुटा उनको पुर्ख्यौली थलो हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.