|

बोस्टन : कोभिड–१९ का कारण अमेरिकाले आफ्ना ५० हजार नागरिकलाई फर्काएको छ। 

बुधबार साँझ ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । विदेशमन्त्री माइक पम्पियोले उक्त जानकारी दिँदा नेपालमा औषधी सकिएर अप्ठ्यारो परेकी एक महिलाको प्रसंग पनि उठाएका थिए। 

जनवरी २९ यता ९० भन्दा बढी देशबाट ४ सय ९० भन्दा उडानमार्फत आफ्ना नागरिक ल्याएको उनले बताए। धेरै देशका विमानस्थल, यातायात, अरू सेवाहरू बन्द भएकाले त्यहाँको सरकार, होटेल, सेना, यातायात, अस्पताल आदिसँग समन्वय गर्नुपरेको थियो’ उनले भने, अमेरिकाले यति छोटो अवधिमा यति धेरै उडानमार्फत नागरिक फिर्ता ल्याएको पहिलो हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.