कोभिड-१९ {अपडेट}

कोरियाका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट

तीन घण्टामै नतिजा

चैत २८, २०७६

    काठमाडौं :  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ। एनआरएनए कोरियाका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन नेपाल पठाइएको सङ्घले जनाएको छ।

    कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर ती सामग्री नेपाल पठाइएको हो। स्वास्थ्य सामग्री बोकेको उक्त जहाज आज अपराह्न नेपाल आइपुग्ने बताइएको छ। गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहेका अभियन्ताको सहकार्यमा सहयोग सङ्कलन अभियान सञ्चालन भएको थियो।

    अभियान शुरु गरेको चार दिनमै रु एक करोड ४० लाख ७९ हजार ७७५ सङ्कलन भएको एनआरएन दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए। मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीलाई एनआरएनएले आग्रह गरेको थियो।

    तीन घण्टामा नतिजा

    कोरियामा उत्पादित कीटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिने बताइन्छ। यसको मूल्य प्रतिकीट २० डलर पर्छ। पहिलो चरणमा ४२ हजार भन्दा डलर बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीईलगायतका सामान नेपाल पठाइएको हो।

    कीटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भएलगत्तै कीट खरिद गरी बिहीबार दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई हस्तान्तरण गरिएको उनले जानकारी दिए।

    यसैगरी दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको महासचिव सुवेदीले जानकारी दिए। दोस्रो चरणको सहयोग चार्टर्ड विमानको अभावमा चीनको ग्वाङझाउस्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]