एक पटकमा २० को उपचार गर्न मिल्ने

|

बुटवल : बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विषेश अस्थायी अस्पतालमा भेन्टिलेटरसहतको आईसीयू जडान गरिएको छ।

कोराना संक्रमणबाट जटिलता देखिएका बिरामीहरुलाई लक्षीत गरी अस्पतालमा चार वटा भेन्टिलेटरसहित आठ वटा आईसीयू जडान गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिए। उनले एक पटकमा २० जनालाई उपचार गर्न मिल्ने गरि आईसीयू कक्ष निर्माण गरिएको जानकारी दिए। 

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको संयुक्त प्रयासमा सञ्चालन गरिएको उक्त कोरोना अस्पतालमा भेन्टिलेटर तथा आईयीयूलगायतका उपकरण खरिद गर्न विभिन्न संघसंस्थाहरुले सहयोग गरेका हुन्। संघ संस्थाहरुले अस्पतालका लागि हालसम्म ४० लाख रुपैयाँ सहयोग गरिसकेको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ। 

यसअघि मुख्यमन्त्री शंकर पोखरेलले उक्त अस्पतालको निरिक्षण गर्दै अन्य अस्पतालहरुमा समेत उपकरणको जोहो गर्न लागी परेको बताए। प्रदेशभर ४ वटा कोरोना विषेश अस्पताल रहेका छन्। 

भेन्टिलेटरसहितका आईसीयू कक्षाको निरिक्षण गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुबेदीले निजीक्षेत्रसमेतबाट उत्साहपूर्वक सहयोग आइरहेको बताए। 

प्रदेश ५ मा अहिले १० जनाालाई आईसोलेशनमा राखेर उपचार गरिदैँछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.