|

काठमाडौं : दुई दशकदेखि शास्त्रीय गायनबाट सांगीतिक यात्रा सुरु गरेका गायक सुब्रत रेग्मीको आवाजमा 'पूरा हुन जिन्दगी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

नायिका केकी अधिकारी र कलाकार बिजेन्द्र जोशीको अभिनय रहेको यो गीत म्युजिक नेपालले  युटुबमार्फत सार्वजनिक गरेको हो।  

गीतमा  अनिल शर्माको शब्द छ भने विशाल पौडेलले संगीत दिएका छन्। संजीत घिसिङको छायाँकन र सम्पादन रहेको गीतको निर्देशन सञ्जितसँगै अनिश क्षेत्रीले गरेका छन्। १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गायक सुब्रतले गीतलाई सबैले मन पराउने आशा राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.