|

चौतारा : सभामुख अग्निप्रसाद सापकोटाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर-१ का सांसद तथा सभामुख सापकोटाले जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन्।

जिल्लाका आठवटा स्थानीय तहका ५४ वडामा स्वास्थ्य सामग्री वितरण सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए। मंगलबार भोटेकोशी र लिसङ्खुपाखर गाउँपालिकाका साथै बाह्रबीसे र चौतारा साँगाचोकगढी नगरपालिकामा सामग्री वितरण गरिएको छ हो।

७३ स्वास्थ्य संस्थाका लागि स्थानीय विपद् व्यवस्थापन समितिमार्फत स्वास्थ्य सामग्री हस्तान्तरण सुरु गरिएको सापकोटाले बताए।

स्वास्थ्य संस्थाका लागि पिपिई सेट, थर्मल गन, स्यानिटाइजर, एन–९५ मास्क, पञ्‍जा, बुटलगायत सामग्री हस्तान्तरण गरिएको छ। स्वास्थ्य सामग्री नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिएको छ।

सबै स्वास्थ्य सामग्रीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ चिकित्सकहरूबाट प्रमाणित गरिएको केन्द्रीय सदस्य सापकोटाले बताए।

उपलब्ध गराइएका पिपिई सेट पुन: प्रयोग गर्न सकिने किसिमका रहेका छन्। सुनकोशी, बलेफी र जुगल गाउँपालिका भित्रका स्वास्थ्यसंस्थाहरूका लागि बुधबार स्वास्थ्य सामग्री वितरण गरिने नेता सापकोटाले जानकारी दिए।

स्वास्थ्य संस्थाहरुमा बिरामी पुग्दा उपयुक्त स्वास्थ्य सामग्रीको अभावमा चेकजाँच गर्न अप्ठेरो भएको गुनासो आएपछि निर्वाचित जनप्रतिनिधि, संघीय संसद प्रतिनिधिसभाका सभामुख सापकोटाको पहलमा ती स्वास्थ्य केन्द्रहरुमा सामग्री पठाइएको हो।

सामग्री बुझेपछि स्थानीय तहका प्रमुखहरूले सभामुख सापकोटाको पहलप्रति खुशी व्यक्त गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिहरूले संकटमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता सभामुख सापकोटालाई धन्यावादसमेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.