|

म्याग्दी : विश्व नै कोरोनो भाइरस (कोभिड १९) को संक्रमणबाट आक्रान्त भैरहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगु र स्क्रबटाइपसको संक्रमित बिरामी देखिएका छन्।
उच्च ज्वरो आउने, जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने क्रममा यहाँका एक युवामा डेंगु रोगको संक्रमण भेटिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ।मंगला गाउँपालिका–५ अर्मनका ३२ वर्षीय युवामा डेंगुरोग र स्क्रबटाइफस संक्रमण देखिएको अस्पतालका मेडिकल अधिकृत डा.अजय गौतमले बताए। 

१०४ डिग्री फरेनहाइटसम्म ज्वरो आएका ती युवाको अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा.गौतमले वताए।
गत वर्ष म्याग्दीमा १२ जनामा डेंगु तथा एक महिलामा स्क्रबटाइफस संक्रमण भएको थियो। 

दुवै रोगबाट उच्च ज्वरो आउनेलगायत लक्षण देखिने भएकाले पनि अहिलेको समयमा कोरोनाको जोखिम भन्दै त्रसित हुने गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.