काठमाडौं : राहतको विवाद चर्किँदै जाँदा कीर्तिपुर बजारको सडकमा एकजना विद्यार्थी कुटिएका छन्। लकडाउनको ३३ औँ दिन कीर्तिपुर बजारको सडक ती विद्यार्थी कुटिएका हुन्।
कुटाई खाने विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत ललितजंग रावत रहेको खुलेको छ। उनलाई उपचारका लागि स्थानिय अस्पताल लगिएको छ।
शनिबार बिहान आफ्ना साथीको सुरक्षाको माग गर्न कीर्तिपुर चौकी जाँदै गर्दा ती विद्यार्थीलाई अज्ञात समूहले निर्घात कुटपिट गरेको हो। विद्यार्थी कुटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
विवादका क्रममा सडकको छेउमा लडाएर विद्यार्थीको टाउकोमा कुल्चिँदै कुटिएको हो। साथीको सुरक्षा माग गर्दै कीर्तिपुर प्रहरी वृत्त जाने क्रममा कुटपिट भएको हो। तर सुरक्षाको माग गर्दै वृत्तमा कोही पनि नआएको डिएसपी छेदिलाल कामदीले जानकारी दिएका छन्।
‘सुरक्षा माग गर्दै चौकीसम्म कोही आएका छैनन्। तर केही युवाहरु लकडाउन उल्लंघन गर्दे बाटोमा हिँडिरहेको खबर आएको थियो’, उनले भने, ‘सूचना पाएपछि हाम्रो टोली पुग्दा कोही पनि थिएनन्। सार्वजनिक भएको भिडियो हामी पुग्नु पहिलेको होला।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।