|

रुपन्देही : आजमात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएका रुपन्देहीका युवक भर्खरै भारतबाट आएको खुलेको छ। कामको सिलसिलामा भारतमा रहेका उनी त्यहाँ लकडाउन भए पछि घर आएका थिए।

रुपन्देहीको  कोटहीमाई गाउँपालिका वडा नं १ का २५ वर्षीय ती युवकलाई उनको परिवारले मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेका थिए। त्यहीँबाट उनको कोरोना परिक्षणका लागि स्वाब संलन गरी केद्रिय प्रयोगशालामा पठाइएको थियो।

उनलाई कोरोना भाइरस पुष्टि भएसँगै उनको परिवारको अन्य आठजनालाई विशेष निगरानीमा राखिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए।

डा. गिरीका अनुसार हाल कोरोना भाइरस पुष्टि भएसँगै उनको बुटवल प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ। अर्कातिर आजै नेपालगञ्‍जमा पनि एकजना मुस्लिम धर्मगुरुलाई कोरोना पुष्टि भएको छ।

गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले संक्रमण पुष्टि भएसँगै संक्रमितलाई बुटवलस्थित कोरोना विषेश अस्थायी आइसोलेसन अस्पतालमा लगिएको बताए।

उनका अनुसार गाउँपालिकामलाई सिल गरेर संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिड. गर्ने तयारी भइरहेको छ। जनस्वास्थ्य कार्यालयले शुक्रबार बाँके र रुपन्देहीमा कोरोना संक्रमण पुष्टि गरेसँगै प्रदेश ५ मा पहिलो संक्रमण देखिएको हो।

यसअघि आरडिटी परीक्षणमा दुई जनामा पोजेटिभ देखिए पनि पिसिआरमा नेगेटिभ देखिएको थियो। सामाजिक विकास मन्त्रालयका अनुसार चैत १७ गतेसम्म दुई लाख जना व्यक्ति प्रदेशको ३५ वटा नाका हुँदैं प्रदेशभित्र छिरेका थिए। मन्त्रालयका अनुसार त्यसपछि लकडाउनकै समयमा पनि विभिन्न चोर बाटो हुँदै १५ हजारभन्दा धेरै व्यक्ति प्रदेशमा प्रवेश गरेको आकलन छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.