|

डडेल्धुरा : जिल्ला अस्पताल अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा ५ घर भएका ५१ वर्षीय देवु सार्कीको बिहीबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो।

कोरोना भाइरस आशंकामा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ती महिलाको पिसिआर परीक्षणका लागि थ्रोट स्वाब सुर्खेत पठाइएको थियो। सुर्खेतमा थ्रोट स्वाब परीक्षण गर्दा  रिपोर्टमा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुंगानाले जानकारी दिए।

‘स्वाब संकलन गरी परीक्षणका लागि मोटरसाइकलमाफर्त सुर्खेत पठाएका थियौं।’ उनले भने, ‘शुक्रबार प्राप्त रिपोर्ट अनुसार उनमा कोरोना नेगेटिभ देखाएको छ।’ 

कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको आशंकामा बैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो। ती महिलाको आरडिटी परीक्षणको नतिजा पनि ‘नेगेटिभ’ आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.