|

अछाम : अछामका स्थानीय तहहरुले रेडियोमार्फत माध्यामिक शिक्षा परीक्षा (एसइई) तयारी कक्षा सञ्चालन गरेका छन्।  

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, बान्निगढी जयगढ, ढकारी, तुर्माखाँदर मेल्लेख गाउँपालिकाले तयारी कक्षा सुरु गरेका हुन्। 

जिल्लाका रेडियो रामारोसन, रेडियो परिवर्तन, रेडियो बान्निगढी, रेडियो हाम्रो जाल्पा र रेडियो पञ्चदेवलमार्फत कार्यक्रम चलिरहेका छन्। अनिवार्य अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयका तयारी कक्षाहरु सञ्चालन भइरहेको रेडियोहरुले बताएका छन्। स्थानीय तहले रेडियोहरुलाई र शिक्षकहरुको आर्थिक व्यवस्थापन गरिरहेका छन्। 

गएको दुई हप्तादेखि कार्यक्रम सुरु भएको रेडियो परिवर्तनका स्टेसन प्रमुख महेश रिमालले जानकारी दिए। कार्यक्रम प्रभावकारी नै भएको यहाँका शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.