|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसका नेता मोहन बस्नेतले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाकी नवजात शिशुका लागि पौष्टिक आहारको जिम्मा लिएका छन्। 

उनले क्वारेन्टाइनमा रहेका नवजात शिशुका बुबालाई सोमबार फोन गरेर पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका हुन्। त्यस्तै नेता बस्नेतले ती शिशुलाई कक्षा १२ सम्म अध्ययनका लागि सम्पूर्ण जिम्मा आफूले लिने पनि उनले घोषणा गरेका छन्। योसँगै १२ कक्षा उत्तीर्ण भइसकेपछि जागिरको व्यवस्थापन गर्नेबारे शिशुको बाबुसँग नेता बस्नेतले बचन दिएको नेता बस्नेतले बताए। 

‘ती शिशुका बाबुलाई मैले फोन गरेर शिशुलाई यो समयमा आवश्यक पौष्टिक आहारको लागि क्वारेन्टाइनबाट बाहिर आउनेबित्तिकै ५० हजार रुपैयाँ दिन्छु भनेको छु उनले पनि क्वारेन्टाइनबाट बाहिर आउने वित्तिकै सम्पर्क गर्छु भनेका छन्, ’ नेता बस्नेतले भने, ‘मैले ती शिशूका बाबुलाई शिशुलाई कक्षा १२ सम्म पठनपाठनको जिम्मा लिन्छु भनेको छु। उनी पनि सकरात्मक छन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.