|

बर्दिया : दैलेखका कोरोना सङ्क्रमितसँगै बर्दियाका ९ जनासमेत आएका खुलेकाे छ। दैलेखको आठबीस नगरपालिका १ सात्तलाका युवालाई घर पुर्याएर फर्केको बसमै चढेर बर्दियाका ९ जना घर आएका थिए। 

उनीहरु सबै ठाकुरबाबा नगरपालिकाका हुन् । वडा नं २ कर्मलामा ७ जना, वडा नं ३ नेउलापुरका एक जना र वडा नं ५ का एक जना रहेका नगरपालिकाले जनाएको छ।

सङ्क्रमित सँगै फर्केका उनीहरुको घर क्षेत्र र गाउँमा आउजाउ पूर्ण प्रतिबन्ध गरिएको छ। ठाबुरबाबा विपत व्यवस्थापन समितिको निर्णयअनुसार अहिले उनीहरुको घर रहेको कर्मला, नेउलापुर र बनबिरपुर गाउँमा आवतजावत निषेध गरिएको हो। सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ। घरका सदस्यहरुलाई पनि सतर्कता अपनाउन भनिएको छ । 

पिसिआर परीक्षणका लागि ९ जनाकै स्वाब संकलन गर्न स्वास्थ्य कार्यालय गुलेरियामा अनुरोध गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ।

दैलेखका ३९ जना युवा भारतको आग्राबाट कञ्चनपुर वनवासा नाका हुँदै आएका थिए। सीमा नाकामा अलपत्र परेपछि आठबिस नगरपालिकाले उनीहरुलाई जेठ १ गते उद्धार गरी दैलेख पुर्याएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.