भारतबाट नेपाल आउँदै गरेका एकजनाको बाटैमा मृत्यु

|

दाङ : घोराहीमा रहेको एक कृत्रिम तालमा डुबेर एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १७ को गुलरियामा रहेको कृत्रिम तालमा डुबेर रोल्पा निवासी एक युवाको मृत्यु भएको हो। 
मृत्यु हुने युवक घोराहीमा बस्ने रोल्पा रुम्टीगढी गाउँपालिका ९ रुम्टी निवासी २२ वर्षीय बिजय केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर कृत्रिम तालमा डुवेका युवकको शव प्रहरीले तालबाट निकालेको छ ।

घुम्न गएका युवा चिप्लिएर तालमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ। उक्त तालमा यसअघि पनि एक युवाको डुवेर निधन भएको थियो ।

भारतबाट नेपाल आउँदै गरेका युवकको बाटोमै मृत्यु

यस्तै, भारतको गुजरातबाट अर्घाखाँची फर्कंदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा भारतको लखनउमा मृत्यु भएको वडा नं. ९ का अध्यक्ष नारायणप्रसाद बन्जाडेले जानकारी दिए ।

लखनउमा पानी पिएलगत्तै उनको मृत्यु भएको मृतकका साथीहरुले बताएका छन्। मृतक युवाले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए।

उनको शव कृष्णनगर सीमाको भारततर्फको बढनीमा रहेको बताइएको छ। उनको स्वाब परीक्षण गराउने तयारी भइरहेको छ । दुईवटा बसमा आएका सबैको उद्दार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.