समाज

लकडाउन हो कि जात्रा ?

जेठ १४, २०७७

    गुल्मी : लकडाउनका बेला सदरमुकाम तम्घासमा बुधबार भीडभाड देखियो। बैंक र बजारमा जात्रा नै लागेजस्तो गरी मानिसहरु जम्मा भएका थिए। 

    देशभर यतिबेला कोरोना सन्त्रास छ। उच्च सतर्कता अपनाउने र भिडभाड नगर्ने निर्णयलाई लत्याएर सदरमुकाम तम्घासमै मानिसहरुले जात्रा नै लागेजस्तो गरेका छन्। 

    जिल्ला प्रशासन कार्यलयले हप्ताको २ दिन आइतबार र बुधबार  बैंकहरु सञ्चालन गर्ने निर्णय गरेसँगैको हो यो दृश्य। बुधबार तम्घासमा रहेका बैंकहरुमा थेगिनसक्नु भीड देखिएको थियो। 

    सामाजिक दूरी त के कुरा सेवाग्राहीहरु ठेलमठेलको अवस्थामा देखिन्थे। सेवाग्राहीहरुले फेरि बैंक खुल्दैनजस्तो गरी भीड गरेका थिए। 

तिलाचन पाण्डे

पाण्डे थाहा खबरका गुल्मी समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]