मंगलबार ४८ जना थप, जिल्लामा ३ सय ६५ जना संक्रमित

|

कपिलवस्तु : कपिलवस्तुमा मंगलबार ४८ कोरोना संक्रमित थप भएका छन्।

मायादेवी गाउँपालिकामा १० महिने बालक र ८० वर्षका वृद्धमा समेत कोरोना देखिएको छ। यसै गरी शिवराज नगरपालिकाका क्वारेन्टाइनमा खटिएका एक महिला स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण भएको छ।

मंगलबार थप हुनेमा शिवराज नगरपालिकामा १५ जना, महाराजगन्ज नगरपालिकामा १ जना, मायादेवी गाउँपालिकामा ३२ जना रहेका छन्। तीमध्ये १२ जना महिला हुन्। यो थप भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.