दैलेख : दैलेखको गुराँस गाउँपालिकामा यात्रु बस दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जुम्लाबाट महेन्द्र नगरकालागि छुटेको बस दैलेखको गुरास गाउँपालिकाको घोडाबास भन्ने स्थानमा दुर्घटना भएको हो।
दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन। बस दुर्घटनामा परेको खबर पाएलगत्तै प्रहरीको टोली त्यसतर्फ गइसकेको छ।
विस्तृत विवरणका लागि पर्खिनुस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।