|

म्याग्दी : भारतको वाराणासीमा २२ दिनसम्म क्‍वारेन्टाइनमा बसेर जिल्ला फर्किएका एक व्यक्तिमा कोरोना कोरोना संक्रमण भएको पाइएको छ। जिल्ला फर्किएको ५ दिनपछि उनमा कोरोना संक्रमण भएको पाइएको हो।  

मंगला गाउँपालिका ४ बरंजाका १९ वर्षीय ती युवकमा बुधवार (हिजो) राति कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पाइएको हो। 

कोरोना पुष्टि भएका युवा बेनी नगरपालिका–८ न्यु वेष्ट प्वाइन्ट आवासीय माविको रहेको क्‍वारेन्टाइनमा बसेका थिए। जेठ १७ गते उनको परीक्षणका लागि स्वाब लिइएको र १८ गते स्वाब पोखरा पु¥याइएको जिल्लास्थित कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए।

केसीका अनुसार जेठ २१ गते साँझ उनको रिपोर्ट पोजेटिभ आएको हो ‘जेठ १८ गते कोरोना संक्रमित युवकसंगै १५ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाएका थियौं, उनीबाहेक अन्य १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ’, कमान्ड पोस्टका सदस्य केसीले भने।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई खुल्लामञ्चमा रहेको आइसोलेसनमा लगिएको छ। योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ। दोस्रो संक्रमतिको अवस्था सामान्य छ। 

ती युवकसँगै आएका अन्यलाई क्‍वारेन्टाइनमै राखिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.