|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले विदेशमा रोजगारी गुमाएर नेपाल आउन आफैं खर्च गर्न नसक्नेलाई सरकारले चार्टड गरेर ल्याउनुपर्ने बताएकी छन्। शनिबार बसेको संसदमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद संग्रौलाले यस्तो बताएकी हुन्। 

‘नेपालीहरु जो विदेशबाट नेपालमा आफैं खर्च गरेर प्लेन चार्टड गर्न सक्दैनन उनीहरुलाई सरकारले ल्याउनुपर्छ। सरकारले अभिभावकीय भूमिका देखाउनु पर्छ,’ उनले भनिन्। संग्रौलाले मानिसहरु रोजगारी गुमाएर रोगसँगै भोकले मर्ने अवस्था आएको पनि उनले बताइन्।

प्रधानमन्त्री कृषि आधुनिकरण कृषि परियोजना अन्तरगतकोआफ्नो गाउँ आफैं बनाऊँ कार्यक्रमले वास्तविक बेरोजगार किसानले काम नपाउने  उनको दाबी छ। उनले उक्त कार्यक्रम कार्यकर्ता पोस्न ल्याएको आरोप लगाइन्।  

उनले कृषि क्षेत्रमा विदेशबाट आएका र यहीं उद्यम गर्नेहरुले बैंकबाट ऋण लिने व्यवस्था झन्झटिलो भएको र यसलाई सुधार गर्न सरकारलाई सुझाव दिइन्।

त्यस्तै अनौपचारिक क्षेत्र वा स्वउद्यमका श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गर्न पनि उनले सरकारलाई सुझाव दिइन्। कृषि मन्त्रालय अन्तरगत अहिले रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउने कुनै कार्यक्रम नभएको पनि उनले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.