समाज

डोटीको क्वारेन्टाइनमा बसेका एक युवाको निधन

सांकेतिक तस्बिर
जेठ २५, २०७७

    डडेल्धुरा:  डोटीमा क्वारेन्टाइनमा बसेका एक १९ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ। 

    केहिदिनअघि भारतबाट आएर डोटीको के आइ सिँह गाउँपालिकास्थित एक क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिए। 

     गाउँपालिकाको दल्ल गाउँका ती युवकको आइतबार बिहान ३ बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर बोहराले जानकारी दिए। जेठ २० गते भारतबाट आएका उनी लामो समयदेखि मुटुको रोगी थिए।  झण्डै १२–१३ वर्षदेखि छोरा रोगी भएकाले खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालहरुमा उपचार  गराएको मृतकका बुबाले बताए। 

    क्वारेन्टाइनमा राखिएको छोरालाई बिसञ्चो भएपछि राति भेट्न आउँदा बित्तिकै छोरा बेहोस भई ढलेको उनले बताए। छोरा बेहोस भएर ढलेपछि स्याहार गर्नका लागि आफैं  क्वारेन्टाइन बस्ने सर्तमा उनका बुबा पनि क्वारेन्टाइन भित्र पसेका थिए। 

    मृतक युवामा पहिले पनि यस्तै लक्षण र समस्या देखिने गरेकाले आफूहरुले सामान्य नै होला भनेर स्वास्थ्यकर्मीलाई नबोलाएको उनका बुबाले बताए।

    मृतकका बुवा पनि बिहानैदेखि क्वारेन्टाइनमा छन्। कोरोना परीक्षणको लागि मृतक युवाको स्वाव संकलन गर्न घटनास्थलतर्फ गइरहेको स्वास्थ्य संयोजक बोहराले बताए। 

    उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना छन्। उनीहरू सबैको स्वाब संकलन गरिनेछ। उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]