|

काठमाडौं : कोरोनाको उच्च जोखिममा रहेको प्रदेश नम्बर २ मा सर्वसाधारणहरूको जनजीवन सामान्य देखिन्छ। खेती किसानमा लागेकाहरू तथा मजदुरहरू बिहान उठेदेखि खेतीपाती र विभिन्‍न काममा व्यस्त देखिन्छन्। कोरोनाको त्रास मानेर सधैँ काम नगरी बसेमा पछि अनिकाल लाग्‍ने र भोकले मरिने सर्वसाधारण र किसानहरूले चिन्ता व्‍यक्त गरेका छन्।

प्रदेश २ मा एकैदिन थपिए ८३ कोरोना संक्रमित, सर्लाहीमा मात्रै ७४ जना

काठमाडौंबाट हिँडेर सात दिनमा घर जाँदै गरेकाहरू पनि बाटोमा भेटिए। प्रदेश २ मा आइतबारसम्मको तथ्‍यांकअनुसार कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ। आइतबार सबैभन्दा बढी सर्लाहीमा ७४ जना कोरोना संक्रमित थपिएका थिए।

प्रदेश २ का सिरहा, सप्तरी लगायतका रजविराज, लहान आदि क्षेत्रका केही गतिविधिहरू तस्वीरमा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.