समाज

बाँकेमा दुर्घटना, ११ जनाको मृत्यु, २२ घाइते

जेठ १९, २०७७

    दाङ : भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ आईरहेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा  दुर्घटना भएको छ। 

    राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो। 

    दुर्घटना आइतबार राति सवा १२ बजे भएको हो। दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ। मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ। मृतकको नामावली संकलन भइसकेको छैन। भेरी अस्पतालको शव गृहमा शव राखिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]