प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिए बजेट पास हुन नदिने

|

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिए नेकपा माओवादी केन्द्रले बजेट पास हुन नदिने भएका छन्। बुधबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठकपूर्व ओलीले राजीनामा नदिएको खण्डमा माओवादी केन्द्रले बजेट पास हुन नदिने भएको हो। 

‘संसद् बैठक बस्नुपूर्व नै राजीनामा नदिए हामी अविश्वासको प्रस्ताव पनि लैजान्छौँ, बजेट पास हुन पनि दिन्नौँ।’नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले थाहाखबरसँग भनिन्। 

उनका अनुसार माओवादी केन्द्रले अविश्वासको प्रस्ताव लैजाने तयारी समेत गरेको छ। ओलीले पदबाट राजीनामा दिएको खण्डमा बजेट पास हुन दिने र अविश्वासको प्रस्ताव पनि नलैजाने उनले स्पष्ट पारिन्। 

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने बजेट पास हुने बताए। ‘बजेट पास हुन्छ, अविश्वासको प्रस्ताव लैजाने कि नलैजाने भन्ने विषयमा सल्लाह हुन बाँकी छ’ उनले भने।

व्यवस्थापिका स‌सद्काे बैठक बुधबार बिहान ११ बजे बस्ने कार्यतालिका छ। 

यसअघि माओवादी केन्द्रको संसदीय समितिको बैठक बस्दैछ। केन्द्रको संसदीय बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत पनि नलिने भएपछि अविश्वासको प्रस्ताव संसदमा पेश गर्ने विषयमा छलफल हुनेछ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.