|

विराटनगर :  विराट गोल्डकपको सेमिफाइनलमा नेपाली पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ  प्रवेश गरेको छ।

विराटनगरस्थित सहिद रंगशालामा जारी छैटौँ संस्करणको विराट गोल्ड कपको सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको  हो।
  
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औँ मिनेटमा मणि लामाले गोल गरेका थिए। रिबाउन्ड आको बलमा पेनाल्टी बक्सभित्रैबाट उनी गोल गर्न सफल भए। यस्तै खेलको इन्ज्युरी समयमा आशीष लामाले गोल गरेपछि एपिएफले २–० गोलको जित निकालेको हो।

जितसँगै एपिएफ सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ। यसअघि शनिबार भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई ३–० ले हराउँदै विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरिसकेको छ। यस्तै आइतबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–० गोलले हराउँदै पञ्जाब पुलिसले अन्तिम चारमा स्थान बनाइसकेको छ।

भने मंगलबार हुने चौथो तथा अन्तिम क्वार्टरफाइनलमा संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बेलुकी ७ बजेबाट सुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.