'०७४ को चुनाव एमाले एक्लै लडेको भए ५० सिटभन्दा बढी जित्दैनथ्यो'

|

इलाम : नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवीधान मासेर सत्तामा बसिरहने केपी ओलीको योजनालाई आफूहरूले असफल पारिदिएको  बताएका छन्।

इलामको फिक्कलमा थाहाकर्मीसँग कुरा गर्दै पाण्डेले ०७४ को निर्वाचनपछि केपी ओलीमा दम्भ र अंहङ्कार चुलिएको र अहिले सत्ताबाट निस्किएपछि बार्दलीबाट पोखिन थालेको बताए।

संघीयतालाई समाप्त पार्ने र धर्मलाई प्रयोग गरेर लामो समय सत्तामा बस्ने योजना भए पनि प्रतिगमनविरोधी आन्दोलनबाट ओलीको योजना असफल भएको उनले बताए।

एमालेको नेतृत्व जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार, लेनिनवादी सिद्धान्तअनुसार अघि बढ्न बताउँदै पाण्डेले क्रान्तिकारी धार एमालेभित्र भुत्तो भएकाले नयाँ अभियानका साथ पार्टी गठन गरेको बताए।

दुईतिहाई नजिक संसद संख्या रहको पार्टी र संसद् विघटन गरी फेरि दुईतिहाईको खोजीमा केपी ओली लाग्नु अचम्म लागेको भन्दै पाण्डेले भने, ‘अब एमालेबाट एकतिहाई मत ल्याउन सक्दैन। एमाले र माओवादी गठबन्धन नगरेको भए २०७४ सालमा संसदीय निर्वाचनमा एमाले एक्लैले ५० सिट मात्रै जित्ने अवस्था थियो। समानुपातिक गरेर ७० जति पुग्थ्यो।’

वाम गठबन्धनबाट प्राप्त भएको मत र सफलतामा ओली एक्लैले जस लिन खोज्दा नेकपाको एकता जोगिएन नसकेका पाण्डेले बताए। उनले  सबै स्थानीय तह र वडा तहमा पार्टीको संगठन सशक्त बनाइने र इमान्दारीपूर्वक संघीयतासहितको संविधान रक्षाका लागि लड्ने बताए।

पाण्डेले चाँडै नै प्रदेश एक र बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा प्रदेश सरकार बन्ने बताए। प्रदेशमा दुई-दुईवटाका दरले सरकारले नेतृत्व गर्ने गठबन्धमा सहमति भएको पाण्डेले बताए। एमालेभित्र व्यक्तिलाई सम्राट् बनाउने तयारी भएको बताउँदै पाण्डेले नेकपा एकीकृत समाजवादी सामूहिक नेतृत्वमा जाँदै जनताको बहुदलीय जनवाद (जबज) को जगमा समाजवादको यात्रामा जाने बताए।

चारवटा राजनितिक दलको गठबन्धन गरेर चुनावमा जाने बताउँदै उनले नेपाली कांग्रेससँग कतिपय स्थानमा तालमेल हुने जनाए।

चुनावपछि समेत गठबन्धनको सरकार बनाइने पाण्डेले बताए। ओली नेतृत्वको सरकार तानाशाही बनेको आरोप लगाउँदै पाण्डेले ओलीको भुमिका जनतालाई राहत दिने भन्दा पनि कमाउनेतिर बढी ध्यान केन्द्रित बनेको बताए। नेकपा एमालेको सिंगो पार्टीलाई सच्याउन ओली तयार नभएपछि छुट्टै योजना बनाएर अघि बढेको पाण्डेले बताए।

१० बुँदेको पछाडि कुदने मध्यमार्गीहरूलाई केपी ओलीले पार्टीभित्र नै रामधुलाई गरेको उनले बताए। एमसिसी नेपालको हित हुने गरी परिमार्जनसहित पारित गर्नुपर्ने उनले बताए।

नेपाल गरिब मुलुक नभएको बताउँदै पाण्डेले स्वाधीन अर्थतन्त्र विकासका लागि सीपमूलक तालिम प्रदान गरी युवालाई देश विकासमा लगाउनुपर्ने बताए। जनताको रगत पसिनाले बनाएको एमाले पार्टी क्रान्तिकारी पार्टीको रुपमा विकास हुन नसकेको पाण्डेले आरोप लगाए।

‘नवौँ महाधिवेशनमा झलनाथ खनालले पेश गरेको नीति र विचार पास भयो। तर, नेतृत्व चाँहि दक्षिणपन्थी धारका ओली आएपछि पार्टी ओरालो लग्यो’ पाण्डेले भने, ‘एमालेको नेतृत्व दक्षिणपन्थी अवसरवादमा फस्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.