|
पक्राउ परेकासँग फेला परेको लागुऔषध। तस्वीर : राजेन्द्र पनेरु

कञ्चनपुर : पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँ नजिकैको नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। 

लागुऔषध बोकेर से ७ प ६३२१ नम्बरको मोटरसाइकलमा जाँदै गरेका कैलालीको गोदावरी नगरपालिका–२ का वर्ष १९ का हेमन्त भट्ट र सोही ठाउँका भीम साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

उनका अनुसार शंका लागि जाँच गर्दा दुवै जनाको साथबाट लागुऔषधका रुपमा प्रयोग हुने नेट्राभेट–१० का ३ सय ट्याबलेट फेला परेको छ। लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.