|

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ५१ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप सात हजारको कोरोना संक्रमणबाट मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल संख्या ५१ लाख सात हजार पुगेको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ८७०, युक्रेनमा ७५०, ब्रजिलमा ६१२, रोमानियामा २८६, मेक्सिकोमा २५६, जर्मनीमा २२८ र भारतमा २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यस्तै‚ यो अवधिमा विश्वभर झण्डै ५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ८१ हजार ५००, जर्मनीमा ४८ हजार १००, बेलायतमा ४० हजार ३००, रसियामा ४० हजार १००, युक्रेनमा २४ हजार, टर्कीमा २३ हजार ६०० र नेदरल्याण्ड्समा १६ हजार संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ४ लाख मानिस संक्रमणमुक्त भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.