|

काठमाडौं : नेकपा माओवादी केन्द्रले नयाँ सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री छान्न मापदण्ड बनाएको छ। 

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको कार्यालय समितिको बैठकका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यालय सदस्यसँग पार्टीबाट मन्त्री छान्न र सरकार गठनबारे सुझाव मागेपछि कार्यालय सदस्यका सुझावका आधारमा मापदण्ड बनाएको हो। 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले दक्षता र क्षमतावान, समावेशी समानुपातिकका साथै प्रत्यक्ष निर्वाचित र सरकारका नेतृत्वलाई हरेक क्षेत्रबाट सहयोग गर्न सक्ने व्यक्तिलाई मन्त्री छान्ने मापदण्ड बनाएको छ।

पार्टीबाट क–कसलाई सरकारमा पठाउने भन्ने विषयमा भने निर्णय भएको छैन। बैठकमा सुझाव दिने कार्यालय सदस्यहरुले जनताबाट चुनिएका प्रतिनिधिलाई प्राथमिकता राखेर काम गर्न सक्ने क्षमतावान व्यक्तिलाई सरकारमा पठाउनुपर्ने तर्क राखेका थिए। सुझावपछि तयार गरिएको मापदण्ड अनुरुप नै मन्त्री छान्ने माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रमा मन्त्रीका दाबेदार बढेपछि यस्तो मापदण्ड बनाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.