|

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं संवर्धनका लागि प्रतिबद्ध रहेको बताएका छन्।

हिन्दु धर्मावलम्बी नेपाली महिलाको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा सन्देश जारी गरी उनले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताको अन्त्य गर्ने विश्वास लिएका छन्।

‘यो पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस्’, उनको सन्देशमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.