इलाम : जिल्लाकोझ क्षेत्र नं १ को प्रदेश ख मा नेपाली कांग्रेसका शम्शेर राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले दीपक कुमार थेवेलाई ६४१ मतान्तरले हराउँदै प्रदेश सांसदमा बिजयी भएका हुन्।
राईले १२ हजार ७४४ मत पाउँदा थेवेले १२ हजार १३३ मत पाएका छन्। ५४ हजार २८८ मतदाता रहेको उक्त क्षेत्रमा २९,६४० मत खसेको थियो।
दुवैजना यसअघि २०७४ मा स्थानीय तहको निर्वाचनमा पालिका नेतृत्वमा विजयी भएका थिए। थेवे माई नगर प्रमुख बन्दा राईले रोङ गाउँपालिका हाँकेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।