|

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सोमबार भेटवार्ता भएको छ। मेयर शाह र गभर्नर अधिकारीबीच राष्ट्रिय सभागृह मेयर च्याम्बरमा भेटवार्ता भएको हो।

भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तिय संस्थाहरूको नियमन, निरीक्षण र दूरगामी नीति र कार्यविधि तजुर्मा गर्नेमा वार्ता केन्द्रित रहेको थियो। आगामी दिनहरूमा महानगर र राष्ट्र बैंकबीच आवश्यक समन्वय, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय पनि भेटवार्तामा भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.